Tuesday, November 25, 2014

गजल

दुनिया बेहोस हुँदा पनि जाग्छन् थोरै,
धेरै सिमा भित्रै घुम्छन् नाघ्छन् थोरै ।

सास फेरूञ्जेल त जो पनि बाच्छन्,
सास रूकेपछि पनि बाच्छन् थोरै ।

को आफ्नो को अर्को सबै आफ्नै मात्र ,
सबैसँग अटुट नाता गास्छन् थोरै ।

धेरै आफ्नै लागि जोड्छन् दिन्छ र को ?
रसिलो मिठो फलझै पाक्छन् थोरै ।

आकाशमा चम चम चम्के तारा बनि ,
चमक छर्दै छर्दै सँधै हास्छन् थोरै ।

इन्द्र प्र. कोइराला
चारघरे 7 , नुवाकोट

गजल

दुनिया बेहोस हुँदा पनि जाग्छन् थोरै, धेरै सिमा भित्रै घुम्छन् नाघ्छन् थोरै । सास फेरूञ्जेल त जो पनि बाच्छन्, सास रूकेपछि पनि बाच्छन् थो...